घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव

घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव फेला परेको हो।

धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको बताइएको छ।

वासुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ। घटनाबारे  विस्तृत विवरण आउन बाँकी रहेको छ।

थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

वैशाख २, २०८० शनिबार २२:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।