बाटोको विवादमा गोली चल्दा रौतहटमा एक जनाको ज्यान गयो
काठमाडौं : बाटोको विषयमा दुई समूहबीचको विवादमा गोली चल्दा रौतहटमा एक जनाको ज्यान गएको छ। रौतहटको गढीमाई नगरपालिका-८ मा सडकसम्बन्धी झगडामा गोली चलेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा गढीमाई नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादव रहेका छन्। झडपमा अन्य केही मानिस पनि घाइते भएको बताइएको छ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ।
गोली लागेर गढीमाई नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म गोली कसले चलाएको खुल्न सकेको छैन।
वैशाख २, २०८० शनिबार १९:२९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।