बाबुको बिंडो थाम्दै सुजनले छेडाए पहिलो पटक जिब्रो

बाबुको बिंडो थाम्दै सुजनले छेडाए पहिलो पटक जिब्रो

भक्तपुर : बिस्केट जात्राअन्तर्गतको आजको जिब्रो छेड्ने जात्रामा मध्यपुर थिमी नगरपालिका बोडेका ​​​​​​सुजन श्रेष्ठले आफ्नो जिब्रो छेडाएका छन्।

२७ वर्षीय सुजनले पहिलो पटक जिब्रो छेडाएका हुन्। बिस्केट जात्रा अन्तर्गत वैशाख २ गते मध्यपुर थिमी बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।

यसअघि उनका बुबा बुद्धकृष्ण श्रेष्ठले यस जात्रामा ९ पटक जिब्रो छेडाइसकेका छन्। सुजन बुद्धकृष्णका कान्छा छोरा हुन्।यसपटक भने सुजनले जिब्रो छेडाएर बुबा र परिवारको बिंडो थामेका हुन्।

वैशाख २, २०८० शनिबार १८:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।