एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का, शपथ भोलि

एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का, शपथ भोलि

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीका लागि प्रधानमन्त्री समक्ष एनपी साउदको नाम सिफारिस गरेका हुन्।

गठबन्धनको भागबन्डामा परराष्ट्र मन्त्रालय कांग्रेसको भागमा परेको थियो। साउदले भोलि (आइतबार) शपथ ग्रहण गर्ने बताइएको छ।

वैशाख २, २०८० शनिबार १८:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।