माछा मारेर फर्कंदा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

माछा मारेर फर्कंदा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

ताप्लेजुङ : माछा मारेर घर फर्किने क्रममा भीरबाट खसेको ढुंगाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। ​​​​

ढुंगाले लागेर तमोर नदीमा माछा मारेर फर्किरहेका आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार ढुंगाले लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

वैशाख २, २०८० शनिबार १७:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।