सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन, पार्थिव शरीर किष्ट अस्पतालमै राखिने

सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन, पार्थिव शरीर किष्ट अस्पतालमै राखिने

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

राधादेवीको उपचारको क्रममा शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा १ सय वर्षको उमेरमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

शरीर दानको घोषणा गरेकाले उनकाे पार्थिव शरीर किष्ट मेडिकल कलेजमै अध्ययनका लागि राखिनेछ।

सत्यमोहनको पार्थिव शरीर पनि किस्ट अस्पतालमै राखिएको छ।

वैशाख २, २०८० शनिबार १२:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।