नयाँ वर्ष मनाउँदा बङ्गुरको मासु अड्किएर मृत्यु

नयाँ वर्ष मनाउँदा बङ्गुरको मासु अड्किएर मृत्यु

काठमाडौं : मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएकोका माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए।

उनका अनुसार हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ।

वैशाख २, २०८० शनिबार ११:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।