निवासमै गोली​​​​​​​ चल्दा वर्षमान पुनकी आमा घाइते, भीआईपी सुरक्षामा खटिएका हवल्दारले चलाएका थिए गोली

निवासमै गोली​​​​​​​ चल्दा वर्षमान पुनकी आमा घाइते, भीआईपी सुरक्षामा खटिएका हवल्दारले चलाएका थिए गोली

काठमाडौं : गए राति काठमाडौंको गैरीधारामा रहेको माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ।

घरमा रहेका भीआईपी सुरक्षामा खटिएका हवल्दार प्रकाश पुनले शुक्रबार राति करिब साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन्।

७० वर्षीय तीर्थमाली पुनको खुट्टामा गोली लागेको र उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका प्रकाश तीर्थमालीकै नातेदार पर्ने बताइएको छ। 

राति १ बजे सूचना प्राप्त भए लगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुनलाई पक्राउ गरेको थियो। नेता पुन भने उपचारका लागि हाल चीनमा छन्।

प्रकाशले बोकेको पेस्तोल असावधानीका कारण पड्किंदा यो घटना भएको हुनसक्ने प्रहरीको पूर्वानुमान छ। यस घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख २, २०८० शनिबार १०:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।