मलेसिया र दिल्लीमा भैरहवाबाट उडान भर्ने निगमकाे तयारी

मलेसिया र दिल्लीमा भैरहवाबाट उडान भर्ने निगमकाे तयारी

काठमाडाैं : नेपाल वायूसेवा निगमले मे महिनाको अन्तिम हप्ताबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान सुरू गर्ने भएको छ।

निगमले भारतको राजधानी दिल्ली र मलेसियामा हप्ताको एक/एक उडान गर्ने गरी तयारी थालेको हो।

आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीव्रता दिइएकाे निगमका प्रवक्ता रमेश पाैडलले जानकारी दिए।

उनका अनुसार सुरक्षित रूपमा उडानकाे लागि कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उप-निर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक स्पेशल टास्क फोर्ससमेत गठन भएको छ।

‘आवश्यक उडान अनुमतिको लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘अनुमति आउनासाथ बुकिङ खुला गर्छौं, हप्ताको एक उडानबाट शुरू गरि मागअनुसार उडान बढाउँदै लगिने योजना छ।’

वैशाख १, २०८० शुक्रबार २२:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।