एकीकृत समाजवादी बैठक : कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने, न्यौपानेको नाम अभिलेखबाट हटाउने
काठमाडौं : एकीकृत समाजवादी पार्टीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ।
शुक्रबार आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले काठमाडौंमा केन्द्रीय स्तरको र प्रदेश तथा जिल्ला स्तरमा पार्टी कमिटीको अनुकूलता अनुसार कार्यक्रम गरि स्थापना दिवस मनाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको खतिवडाले बताए।
उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको उनले दाबी गरे।
न्यौपानेले आफूले राखेको फरक मतको विषयमा पार्टीमा छलफल नभएको र पार्टीमा खाने मात्र बढेको भन्दै पार्टी परित्याग गरेका थिए।
वैशाख १, २०८० शुक्रबार १६:२२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।