राष्ट्रपतिद्वारा विभूषण प्रदान (१३ तस्बिर)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँवर्षको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शुक्रबार विभूषित गरेका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले गत असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक गरिएको विभूषण पाउने व्यक्तिहरूलाई विभूषित गरेका हुन्।
विभिन्न उच्च पदस्थ व्यक्तित्व, कलाकार, पत्रकार, कर्मचारी लगायत समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएकाहरुलाई मानपदवी, अलंका र पदक वितरण गरिएको हो।

यसपटक ९८२ जनालाई विभूषित भएका छन्। जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालालाई प्रदान गरियो भने राष्ट्र गौरव विभूषण तीन जनालाई प्रदान गरिएको छ।
राष्ट्र गौरव दिवंगत जीवराज आश्रित तथा सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि नेपाल गौरव प्रदान गरिएको छ।

शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।











वैशाख १, २०८० शुक्रबार १५:११:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।