आजको मौसम : पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने

आजको मौसम : पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं : आज वैशाख १ गते, नयाँ वर्षको दिन देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

वैशाख १, २०८० शुक्रबार ०७:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।