बलात्कारको उजुरी दर्ता गर्न ९ हजार घुस माग्ने सई पक्राउ
काठमाडौं : बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहाको ईलाका प्रहरी कार्यालय, मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) सचिन कुमार भदैसवार रहेका छन्।
उनले बलात्कारको उजुरी दर्ता गर्न ९ हजार घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सई भदैसवारलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट पक्राउ गरेको हो।
आयोगले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रवक्ता दाहालले बताए।
चैत ३०, २०७९ बिहीबार २१:०७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।