खुर्पाले हानेर ९० वर्षीया आमाको हत्या, छाेरा पक्राउ
काभ्रेपलाञ्चोक : आफ्नै ९० वर्षीया आमा कान्छीमाया थापाको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पनौती नगरपालिका–११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने विष्णुबन्धु थापा रहेका छन्। उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
घरायसी झगडामा विष्णुबन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियलअस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चैत २९, २०७९ बुधबार २१:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।