महाकालीको नदिजन्य पदार्थको राजश्व उठाउँदा ५ करोड ४३ लाखको नाेक्सानी, अख्तियारद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

महाकालीको नदिजन्य पदार्थको राजश्व उठाउँदा ५ करोड ४३ लाखको नाेक्सानी, अख्तियारद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : महाकाली नदीमा नदिजन्य पदार्थको रोयल्टी शुल्क उठाउने ठेक्कामा ५ करोड ४३ लाखको राजश्व हानीनोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुस्करप्रसाद भट्टसहित नौजनाविरुद्ध विशेष अदालतम मुद्दा दायर गरेको छ।

मुद्दा उनीसहित लेखा अधिकृत गोविन्दराज उपाध्याय, नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल दिपेन्द्र चौधरी, भवानी कन्स्ट्रक्शन प्रालिका सञ्चालकहरूविरुद्ध परेको हो।

आयोगले पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायलाई ३ करोड ४७ लाख ७९ हजार ७१९ रुपैयाँ, हिमालय सिंह ऐर, सुबास अधिकारी, बिष्णु देव भट्ट र दिपेन्द्र चौधरीलाई १ करोड ९५ लाख ७२ हजार १०७ रूपैयाँ तथा ईश्वरी प्रसाद भट्ट, दिवाकर भट्ट र भवानी कन्स्ट्रक्शन प्रालिलाई ५ करोड ४३ लाख ३१ हजार ८२७ रूपैयाँ बिगो कायम गरी असुल उपर गर्न माग गरेको छ।

चैत २९, २०७९ बुधबार १८:२६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।