२२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा ६२ वर्षीय वृद्ध पक्राउ

२२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा ६२ वर्षीय वृद्ध पक्राउ

तेह्रथुम : २२ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय वृद्ध पक्राउ परेका छन्। छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

गुरूङले ती युवतीलाई ललाइ फकाइ गत भदौदेखि पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत २९, २०७९ बुधबार १३:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।