बीपी राजमार्गमा कार दुर्घटना, चार भारतीयको मृत्यु
काठमाडौं : बीपी राजमार्गमा गए राति भारतीय कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिकै कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार राति १२:३० बजेतिर भारतीय नम्बर (बीआर०६ डीडी ०६८७) को कार अनियन्त्रित भइ सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
चैत २९, २०७९ बुधबार ०८:१४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।