बैतडी जिप दुर्घटना : मृत्यु हुने ६ जना एकै गाँउका, ५ जनाले हाम फालेर ज्यान जोगाए
काठमाडौं । बैतडीको पाटन नगरपालिकामा गए राति भएको जिप दुर्घटनामा परी एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार पाटन नगरपालिका-८ झौलेकमा मंगलबार राति करिब ११ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका- ५ का एउटै गाउँका ६ जनाको ज्यान गएको छ।
से १ ज ७६४ नम्बरको उक्त जिप खोड्पेदेखि बझाङ जाने क्रममा सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।
दुर्घटनामा ५ जनाले भने जिपबाट हाम फालेर ज्यान बचाएको बताइएको छ भने जिप चालक अर्जुन बोहरा हालसम्म सम्पर्कमा छैनन्।
दुर्घटनामा ज्यान गुमाउनेमा केदारस्युँ गाउँपालिका- ५ का ६० वर्षीय मने बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी, ४० वर्षीय बिरे धामी, ४२ वर्षीय नरे बोहरा र ३५ वर्षीय गोरख बोहरा रहेको प्रहरीले जनाएको छ।
चैत २९, २०७९ बुधबार ०७:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।