पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वत : गए राति पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा परी चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको मृत्यु भएको हो।

सदरमुकाम कुश्मा बजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नम्बरको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

चैत २८, २०७९ मंगलबार १०:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।