आज मौसम सफा रहने, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आज मौसम सफा रहने, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

चैत २८, २०७९ मंगलबार ०७:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।