१४ वर्षिया बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद, ८ लाख क्षतिपूर्ति
काठमाडौं : १४ वर्षिया बालिका बलात्कारको अभियोगमा व्यवसायी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय निर्धारण भएको छ। जिल्ला अदालत ललितपुरले पहिल्यै दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन। सोमबार सजाय निर्धारण भएको हो।
उनीमाथि आफ्नो घरमा काम गर्ने १४ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो। सोमबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सजाय निर्धारण गर्दै चटौतबाट ८ लाख रूपैयाँ क्षतिपूर्ति समेत भराउन आदेश दिएको छ।
बालिका बलात्कारको उजुरी परेदेखि नै चटौतलाई जोगाउन विभिन्न शक्तिकेन्द्र सक्रिय भएका थिए। यो घटनामा पीडक जोगाउन तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खाती नै सक्रिय भएको आरोप समेत लागेको थियो।
चलखेलकाविच पनि अदालतमा बालिकाको पक्षमा फैसला भएको हो। खातीले वीरगञ्जमा मापसे गरेर विना लाइसेन्स सवारी चलाएर बटुवा मार्ने रविन सिंह कार्कीलाई जोगाउन उच्च अदालतको फैसला पुनरावेदन गर्न समेत रोकेको उकेराले नै सार्वजनिक गरेको थियो।
चैत २८, २०७९ मंगलबार ००:३९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।