टिकटक र फेसबुकमा अश्लील सामाग्री राखेर चरित्र हत्या गर्ने पक्राउ

टिकटक र फेसबुकमा अश्लील सामाग्री राखेर चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ : टिकटक र फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले  २० वर्षीय काफिर मोमिरलाई पक्राउ गरेको छ। प्रहरीको साइवर ब्युरोले उनलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार उनले पीडित महिलाको फेसबुक वाल/टाइमलाइनमा अन्य महिलाको शरीर तस्बिरमा जोडेर अश्लील शब्द/ तस्बिर र भिडियो पोस्ट गर्ने र त्यही सामाग्री टिकटकमा समेत राखेर चरित्र हत्या गरेको भन्दै उजुरी आएको थियो।

अनुसन्धानमा उनी झापाको रहेको खुलेपछि ब्युरोले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेर काठमाडौँ ल्याएको जानकारी दिएको छ।

उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

 

चैत २७, २०७९ सोमबार १७:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।