बैतडीमा चट्याङ : आमाछोरा घाइते, दुई भैँसी मरे

बैतडीमा चट्याङ : आमाछोरा घाइते, दुई भैँसी मरे

काठमाडौं : चट्याङ लागेर बैतडीमा दुई जना मानिसको घाइते भएका छन् भने दुई वटा भैँसी मरेका छन्।

घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छाेरा विवेक साउँद रहेका छन्।

आइतबार साँझ घरभित्रै रहेका बेला परेको चट्याङले दुवै जना घाइते भएका पार्वतीका श्रीमान् गणेश साउँदले जानकारी दिए।

चट्याङबाटै गणेशका दुई भैंसी पनि मरेका छन् भने घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरणसमेत जलेर नष्ट भएका छन्।

चैत २७, २०७९ सोमबार १०:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।