धौलागिरि बेसक्याममा सामान बोकेर गएको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
पोखरा : म्याग्दीको धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ।
आज बिहान हेलि एभरेस्टको हेलिकप्टर धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो।
पोखरा विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
समान लिएर गएको कार्गो हेलिकप्टर पाइलट प्रिया अधिकारीले उडाएकी थिइन्। दुर्घटनामा प्रिया सकुशल रहेको गौतमले जानकारी दिएका छन्।
चैत २६, २०७९ आइतबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।