ललितपुरमा दुई घर भत्कियो, ६ भन्दा बढी घर जोखिममा
काठमाडौं : ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण त्यस वरपरका घरहरू भासिएका छन्।
शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन्।
जमिन भासिँदा बन्दै गरेको एउटा पाँचतले भवनको एकतला भासिएको छ। घटनापछि नेपाल प्रहरी र एपीएफको टोली उक्त क्षेत्रमा पुगेको थियो।
अहिले प्राविधिकहरूको टोलीले घटनाबारे अनुगमन गरिरहेको छ।
चैत २५, २०७९ शनिबार १४:४९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।