रसुवामा पार्किङ गरेर राखेको बसमा आगजनी

रसुवामा पार्किङ गरेर राखेको बसमा आगजनी

काठमाडौं : रसुवाको आरुखर्कमा पार्किङ गरेर राखेको बसमा आगजनी भएको छ।

बिहीबार साँझ नौकुण्ठ गाउँपालिका-१ आरुखर्कमा पार्किङ गरेर राखिएको बा ३ ख ९३२८ नम्बरको बसमा आगजानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगजनीबाट बसको भित्री र माथिल्लो माग नष्ट भएको छ भने टायर इन्जिनको भागमा आगो नलागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप बस्यालले उकेरालाई जानकारी दिए।

उनका अनुसार राति ११ बजेसम्म सहचालक बसमै थिए। त्यसपछि सहचालक सुत्न गएको र विहान आउँदा आगजनी भएको देखेको उनलाई उद्धृत गर्दै सूचना अधिकारी बस्यालले बताए।

झ्यालढोका बन्द गरेर राखेको अवस्थामा आगजनी भएको थियो। घटनाको जानकारी आएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेको थियो।

आगो कसले र के कारणले लगाएकाे भन्नेबारे अहिलेसम्म कुनै जानकारी नभएको र पत्ता लगाउनका लागि अनुसन्धान थालिएको सूचना अधिकारी बस्यालले जानकारी दिए।

चैत २४, २०७९ शुक्रबार २०:०९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।