संसदभवन अगाडि फेरि आत्मदाहको प्रयास

संसदभवन अगाडि फेरि आत्मदाहको प्रयास

काठमाडौं : नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ।

संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले उकेरालाई जानकारी दिए।

‘उनले पेट्रोल खनाएर आगो लगाउन खोजेको भए पनि त्यहाँ रहेका प्रहरीले बचाएर नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘पारिवारिक कारणले आगो लगाउन खोजेको देखिन्छ। सम्झाएर परिवारको जिम्मा लगाउँछौँ’

यसअघि इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले संसदभवन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालकै अगाडि आत्मदाहको प्रयास गरेका थिए। उनकाे उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।

चैत २४, २०७९ शुक्रबार १८:१५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।