सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्थानीय निकायले घर बनाउन जग्गा उपलब्ध गराउने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्याएको थियो।
बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए।
यीमध्ये १३ परिवारको घर पुनः निर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ।
२०७८ साल असारमा आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो।
चैत २४, २०७९ शुक्रबार ०९:३०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।