ओछ्यानमा पैसा बिछ्याएर टिकटक बनाउँदा प्रहरीले बोलायो, सचेत गराएर पठायो

ओछ्यानमा पैसा बिछ्याएर टिकटक बनाउँदा प्रहरीले बोलायो, सचेत गराएर पठायो

काठमाडौँ : ओछ्यानमा पैसा बिछ्याएर टिकटक बनाउँदा ललितपुरका एक युवा प्रहरी कार्यालय पुग्नु परेको छ।

ओछ्यानमा एक हजार र पाँच सयको बिटा विछ्याएर टिकटक बनाएर पोस्ट गरेपछि नेपाल राष्ट्र बैङ्कले प्रहरीलाई छानबिन गर्न आग्रह गरेको थियो।

प्रहरीले खोज्दा उनी ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने सुलभ आचार्य रहेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर पैसाबारे सोधपुछ गरेको थियो।

सोधपुछमा उनले विदेश पढ्न जान बैङ्कबाट निकालेको पैसा रमाइलोका लागि टिकटक बनाएको दाबी गरे। जिल्ला प्रहरी परिसर ललितपुरले उनको दाबी अनुसार कलेज फी बुझाउन एभरेस्ट बैङ्कबाट पैसा निकालेको पुष्टि भएपछि आइन्दा यस्तो नगर्ने भन्दै सचेत गराएर छाडेको थियो। 

कानुनतः पैसा देखाएर भिडियो बनाउनु गैर कानुनी हैन। तर आवश्यकता अनुसार प्रहरीले स्रोतबारे भने छानबिन गर्न सक्छ। 

चैत २३, २०७९ बिहीबार २२:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।