वरिष्ठ पत्रकार नेपाललाई आदर्श पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार नेपाललाई आदर्श पत्रकारिता पुरस्कार

काठमाडौँ- नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले  वरिष्ठ पत्रकार किशोर नेपाललाई आदर्श पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

शाखाको बिहीबारको कार्यसमितिको बैठकले एक लाख एक हजार १११ रूपैयाँको सो पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो।

शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई आगामी शनिबार हुने शाखाको २३ औँ साधारण सभामा सो पुरस्कार प्रदान गर्ने निर्णय भएको शाखाले जानकारी दिएको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रको पूर्व अध्यक्षसमेत हुन्। नेपाल चार दशक बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न छन्।

नेपाल साप्ताहिक, साप्ताहिक, नयाँ सडक, यो साता, शुक्रवार, नागरिक दैनिकको समाचार कक्षको नेतृत्व गरेका नेपालले मेरो समय लगायतका एक दर्जन बढी पुस्तक समेत लेखिसकेका छन्।

नेपालको चर्चित स्तम्भ कान्तिपुर गाथा उकेरामा प्रकाशित हुँदै आएको छ।

चैत २३, २०७९ बिहीबार २२:०६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।