उडिरहेको बुद्ध एयरको जहाजभित्रै झगडा गर्ने दुई यात्रु प्रहरी हिरासतमा

उडिरहेको बुद्ध एयरको जहाजभित्रै झगडा गर्ने दुई यात्रु प्रहरी हिरासतमा

काठमाडौँ : विराटनगरबाट काठमाडौँ आउन उडिरहेको बुद्ध एयर जहाजभित्रै झगडा गर्ने दुई यात्रु प्रहरी वृत्त गौशालाको हिरासतमा पुगेका छन्।

उडिरहेको जहाजभित्र आकाशमै  दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठले झगडा गरेका थिए। उनीहरू झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
 

जहाज काठमाडौँमा ल्यान्ड भए लगत्तै उनीहरूलाई नागरिक उड्डयन प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरीलाई बुझाएको थियो।

कार्यालयले अनुसन्धानको कार्यक्षेत्र पर्ने गौशाला वृत्तमा थप अनुसन्धानका लागि पठाएको हो। प्राधिकरणले उनीहरूलाई गैर सैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएको थियो।

चैत २३, २०७९ बिहीबार १९:१२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।