अरूको नाममा एसईई दिने १०० भन्दा बढी नक्कली परीक्षार्थी प्रहरीको फन्दामा
मोरङ : मोरङमा अरूको नाममा एसईई परीक्षा दिइरहेका १०० भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका एक सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको छ।
टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको छ।
पोखरेलका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि हरैँचाबाट २० जना पक्राउ परेका छन्।
चैत २३, २०७९ बिहीबार १२:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।