कर्णाली, गण्डकी र कोशी प्रदेशमा आज वर्षाको सम्भावना

कर्णाली, गण्डकी र कोशी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं : आज (बिहीबार) कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कर्णाली प्रदेशको पहाडी भू-भागसँगै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

चैत २३, २०७९ बिहीबार ०७:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।