सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीले ज्यान गुमाए

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीले ज्यान गुमाए

काठमाडौं : सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको ज्यान गएको छ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्।

गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परेर कुल सात जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका बताइएको छ।

सिक्किमका वरिष्ठ प्रहरी अधिकारी तेन्जिङ लोडेन लेप्चाका अनुसार मंगलबार बिहान करिब साढे ११ बजे हिमपहिरो गएको थियो।

हिमपहिरोमा अझै केही सवारी साधन पुरिएको बताइएको छ। इन्डियन एक्सप्रेसका अनुसार २०/३० जना पर्यटकहरू बेपत्ता रहेको आशंका छ।

कति मानिस पहिरोमा पुरिएका छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क आएको छैन। उद्धार गरिएकाहरू मध्ये ८ जनाको अवस्था गम्भीर रहेको समेत बताइएको छ।

चैत २२, २०७९ बुधबार ०९:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।