सोमबार ०१ असार, २०८३
प्रिमियर लिगमा बराबरीमा रोकिए चेल्सी र लिभरपुल
एजेन्सी : इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरीको खेल खेलेका छन्।
यो सिजन खराब लयमा रहेका दुवै टिमले गए राति भएको खेलमा गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टिमले गोल गर्ने केही राम्रा अवसरहरूलाई खेर फालेका थिए।
यो बराबरीपछि लिभपुल २८ खेलबाट ४३ अंकसहित लिगको आठौं स्थानमा छ। २९ खेलबाट ३९ अंक रहेको चेल्सी भने ११ औं स्थानमा रहेको छ।
चैत २२, २०७९ बुधबार ०८:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।