महावीर जयन्तीमा विशेष कार्यक्रम, कमलपोखरीको जैन मन्दिरमा कार्यक्रम
काठमाडौँ : भगवान महावीरको २६२२ जन्म दिवसको अवसरमा जैन धर्मावलम्बीहरू विशेष कार्यक्रम गरी मनाइरहेका छन्। महावीर जयन्तीको दिन नेपाल जैन परिषदले विशेष कार्यक्रम आयोजना गरेको छ।
सो अवसरमा नेपालका अहिंसावादी सङ्घ संस्थाहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा आचार्य महाश्रमणकी विदुषी शिष्या समग्री निर्देशिका ,डा. निर्वाणान् एवं समणी मध्यपाको साध्य तथा नेपाल जैन परिषदका अध्यक्ष महेन्द्र कुमार जैन लगायतका सहभागी छन्।
भगवान महावीर जैन निकेतन कमलपोखरीमा विशेष कार्यक्रम भइरहेको छ । अर्चना सभा अगाडि बिहान प्रभातफेरी नगर परिक्रमा भएको थियो।
महावीर जयन्तीमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश दिँदै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्दै जनकल्याणका लागि गरेको मार्ग दर्शन पालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ गराउन सकिने उल्लेख गरेका छन्।
चैत २१, २०७९ मंगलबार ११:१५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।