पेट्रोलियम पदार्थमा घटेको मूल्य आजदेखि लागू हुने
काठमाडौं : नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थमा घटेको मूल्य आजदेखि लागू हुने भएको छ।
निगमले सोमबार इन्धनको नयाँ मूल्य सूची निकालेको थियो। जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेर १७५ तोकिएको छ।
उता डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर १०/१० रुपैयाँले घटेको छ। डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १६५ रुपैयाँ बनाइएको छ।
खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राख्दै प्रतिसिलिण्डर १ हजार आठ सय रुपैयाँ नै कायम गरिएको छ।
चैत २१, २०७९ मंगलबार ०७:४८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।