रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा पहिलो सुनुवाइ आज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाका सम्बन्धमा परेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।
उनीमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ।
युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा दिएको रिट सर्वोच्च प्रशासनले हिजो दर्ता गरेको हो।
चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।
त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।
चैत २१, २०७९ मंगलबार ०७:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।