रङ्गशाला बनाउँदा लागेको धुर्मुस सुन्तली फाउन्डेसनको १८ करोड ऋण सरकारले तिर्ने

रङ्गशाला बनाउँदा लागेको धुर्मुस सुन्तली फाउन्डेसनको १८ करोड ऋण सरकारले तिर्ने

काठमाडौँ :  धुर्मुस सुन्तली फाउन्डेसनको १८ करोड ऋण तरिदिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिने भएको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व लिएर बनाउने निर्णय गरेको हो। पछिल्लो समय सीताराम कट्टेल र कुन्जना घिमिरे सरकारलाई ऋण तिराउन सामाजिक सञ्जालमा सक्रिय थिए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल केन्द्र सरकारबाट निर्णय गराउन सक्रिय थिइन्। चितवन गएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मञ्चमै सम्झाएर रङ्गशालाबारे सार्वजनिक अभिव्यक्ति दिन सम्झाएकी थिइन्।

साढे ३ अर्ब लागतको परियोजनामा ५४ करोड रूपैयाँ खर्च भएको र त्यसमा १८ करोड तिर्न बाँकी रहेको धुर्मुस सुन्तली फाउन्डेसनको दाबी गर्दै आएको थियो।

भुकम्पका कारण घरबारहीन भएकालाई चन्दा उठाएर एकीकृत बस्ती बनाउँदा बनाउँदै हाँस्य कलाकार रहेका दुवै जना अन्तर्राष्ट्रिय रङ्गशाला चन्दा उठाएर बनाउन कस्सिएका थिए।

फाउन्डेसनको आर्थिक गतिविधि समेत पटक-पटक विवादमा आउने गरेको छ। तर सीताराम र कुन्जनाले भने कुनै बदमासी नगरेको र असल नियतले काम गर्ने प्रयास गरेको दाबी गर्दै आएका छन्। 

चैत २०, २०७९ सोमबार २२:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।