निगमको दुबई उडान ११ घण्टा ढिला

निगमको दुबई उडान ११ घण्टा ढिला

काठमाडौं : नेपाल एयरलाइन्सको काठमाडौंदेखि दुबईको उडान शनिबार ११ घण्टा ढिला भएको छ।

उडानमा तोकिएका पाइलट बिरामी परेपछि शनिबार राति १२ बजेट उड्नुपर्ने नेपाल वायु सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान ढिला भएको हो।

विमानस्थल स्रोतका अनुसार आइतबार बिहान करिब ११ बजे उक्त विमानको ‘डोर क्लोज’ गरी दुबई उड्ने क्रममा छ।

तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टाडिले हुन पुगेको बताइएको छ।

वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए।

उनीहरूलाई राति विभिन्न होटेलमा राखिएको थियो।

चैत १९, २०७९ आइतबार ११:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।