नेपालमा बसेर साइबर ठगी गरेको आरोपमा पक्राउ परे नौ चिनिया नागरिक

नेपालमा बसेर साइबर ठगी गरेको आरोपमा पक्राउ परे नौ चिनिया नागरिक

काठमाडौँ : काठमाडौँको विभिन्न स्थानमा बसेर साइबर अपराध गरेको आरोपमा उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले नौ जना चिनिया नागरिक र १० जना नेपालीलाई पक्राउ गरेको छ।

काठमाडौँको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराधमार्फत ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई प्रहरीले बुधवार सार्वजनिक गरेको थियो।

उनीहरूले ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेसन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गरेको कार्यालयले जानकारी दिएको छ। उनीहरूले पैसा हाले पछि अनलाइनमार्फत सामान बिक्री हुन्छ भन्दै त्यसबापत आउने फाइदाको रकम कम्पनीको खातामा रहने र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भन्दै ठगी गर्ने गरेको खुलेको छ।

अनुसन्धानमा एनआईसी एसिया बैङ्कमा रहेको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा रहेको खातामा उनीहरूले पैसा हाल्न लगाउने गरेको खुलेको छ।

चैत १५, २०७९ बुधबार १६:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।