८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

रामेछाप : गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेर बहादुर थापामगरको गए राति हत्या भएको हो। 

खुकुरी प्रहारबाट घाइते भएका थापामगरको उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको बताइएको छ। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो। 

चैत १४, २०७९ मंगलबार १३:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।