आज यी तीन प्रदेशमा छ पानी पर्ने सम्भावना

आज यी तीन प्रदेशमा छ पानी पर्ने सम्भावना

काठमाडौं : आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

चैत १३, २०७९ सोमबार ०७:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।