यो वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै सबै जिल्लामा पुस्तक पुग्छ : जनक शिक्षा
काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीं चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने भएको छ।
यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले दाबी गरे।
केन्द्रले यो वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएकोमा हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ।
हालसम्म ९० प्रतिशत पुस्तक छापिसकेको र अब बाँकी १५ लाख थान पनि केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्लामा पठाउने तयारी भइरहेको उनले बताए।
कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिक सत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४ सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको झाले बताए।
चैत १२, २०७९ आइतबार १३:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।