आईजीपीको फुली लगाउँदै कुँवरले भने - ‘प्रहरीको आन्तरिक सुदृढीकरण पहिलो प्राथमिकता’

आईजीपीको फुली लगाउँदै कुँवरले भने - ‘प्रहरीको आन्तरिक सुदृढीकरण पहिलो प्राथमिकता’

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्।

आज (आइतबार) गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न लगाएपछि उनले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

उनले भने, ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाइराख्नु पर्ने आवश्यकता छैन। यसलाई लुकाएर वा दबाएर राख्दैमा प्रहरीमा सुधार हुन्छ भन्ने लाग्दैन। प्रहरीमा सुधार आवश्यक छ। यसका लागि दिन गनेर बस्ने छुट छैन।’ 

‘नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने मेरो भीष्म प्रतिज्ञा हो। यसबाट म कति पनि डगमगाउने छैन,’ उनले थपे।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपी नियुक्त गरेको थियो।

चैत १२, २०७९ आइतबार १२:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।