नेपाल कराते महासंघको अध्यक्षमा युवराज लामा पुनः निर्वाचित
काठमाडौं : नेपाल कराते महासंघको अध्यक्ष पदमा युवराज लामा पुनः चयन भएका छन्।
चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन भएका छन्। त्यस्तै चयन भएका ६ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन्।
महासचिवमा भने दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
चैत १२, २०७९ आइतबार ११:१८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।