आज मौसम सामान्यतया सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं : आज (आइतबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
आज राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
चैत १२, २०७९ आइतबार ०७:१२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।