नदी किनारका अनधिकृत संरचना हटाउन महानगरको निर्देशन

नदी किनारका अनधिकृत संरचना हटाउन महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले नदी किनार वरपर रहेका अनधिकृत वस्ती र संरचना एक हप्ताभित्र हटाउन निर्देशन दिएको छ।

महानगरले आज (शनिबार) एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकास र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरिएका र अनधिकृत रुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै संचरना हटाउन सरोकारवालालाई निर्देशन दिएको हो।

महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुन बमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने जानकारी गराएको छ।

चैत ११, २०७९ शनिबार ११:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।