सोमबार ०१ असार, २०८३
स्वीडेनविरुद्ध बेल्जियमको ३-० को जित, लुकाकुले गरे ह्याट्रिक
एजेन्सी : लुकाकुले सानदार ह्याट्रिक गरेपछि युरोकपको छनोट खेलमा बेल्जियमले स्वीडेनलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
स्वीडेनको घरेलु मैदानमा भएको खेलमा ३५ औं मिनेटमा लुकाकुले बेल्जियमको खाता खोलेका थिए। यसपछि दोस्रो हाफमा दुई गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
उनले खेलको ४९ औं मिनेटमा र ८२ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक गरेका थिए।
उता स्वीडेनका ४१ वर्षीय भेट्रान खेलाडी इब्राहिमोभिचको लागि भने राष्ट्रिय टिमको पुनरागमन सुखद भएन। उनी करिब एक वर्षपछि स्वीडेनको टिममा परेका थिए।
चैत ११, २०७९ शनिबार ०८:०८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।