मिथिलामा सुरु भयो वासन्ती छठ
महोत्तरी : मिथिलामा मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि आजदेखि सुरु भएको छ।
चैत शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिका साथ श्रद्धा र निष्ठा पूर्वक मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्।
पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखो खाने चलन छ। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो।
शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठलाई महापर्व मानिन्छ। यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने धेरै भेटिंदैनन्।
चैत ११, २०७९ शनिबार ०७:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।